बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएनन्
काठमाडाैं | असार ५, २०८०
फाइल तस्बिर
काठमाण्डौ: पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् ।
बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना तथा भोजपुर र सङ्खुवासभामा एकरएक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् ।
बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ । आज मङ्गलवार पनि यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

